मुग्लिन नजिकै सुख्खा पहिरो, स्कुटी र मोटरसाइकलमा ढुङ्गा बज्रियो
आज मध्यान्ह चितवनका इच्छाकामना गाउँपालिका ६ को चारकिलोमा सुख्खा पहिरो गएको छ । साँझ साढे ५ बजे पहिरो पन्छाएर दुईतर्फी सवारी साधन सञ्चालन गरेपछि झरेको पहिरो मोटरसाइकल र स्कुटीमाथि बज्रिएको हो ।
सो क्रममा मुग्लिनबाट नारायणगढतर्फ जाँदै एउटा स्कुटी र मोटरसाइकलमा ढुङ्गा लाग्दा स्कुटीमा सवार दुई जना घाइते भएका छन् । उनीहरुलाई थप उपचारको निम्ति भरतपुर पठाइएको छ ।
मोटरसाइकल चालकको अवस्था सामान्य भएकाले आफैँले मोटरसाइकल लिएर अस्पताल जाने बताए पनि हालसम्म सम्पर्कमा नआएको प्रहरीको भनाइ छ । स्कुटी चालक भरतपुर ७ कि ३२ वर्षीया एञ्जिला गुरुङको अवस्था सामान्य छ भने पछाडि ३८ वर्षकी सरला भण्डारीको हात र खुट्टामा चोट लागेको छ ।
उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त खण्डमा अहिले यातायात सुचारु भएको बताइएको छ ।
टिप्पणीहरू