सडकमा विरोध, हलभित्र बेजोड
आज भएको मिस नेपाल प्रतियोगिताको सडकमा विरोध गरिएको थियो । तर, प्रतियोगितास्थलभित्र आयोजक, सहभागी र प्रतियोगीहरु विन्दास तवरले कार्यक्रममा उपस्थिति र सहभागिता जनाइरहेका थिए ।
सडकमा विरोध गर्नेले सुन्दरी प्रतियोगिता बन्द गर, महिलाका वस्तुकरण बन्द गरौं, कथित सुन्दरी प्रतियोगिता खारेज गरौं लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले त्यस्तै नारा लगाएका थिए । तर, भर्खरै सकिएको उक्त प्रतियोगितामा प्रियंका रानी जोशी नयाँ मिस नेपाल बनेकी छन् ।
उनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी हुन् । नयाँ मिस नेपाल घोषणा हुनुअघि जोशीले ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जितेकी छन् ।
टिप्पणीहरू