काठमाडौँबाट हराएका डडेल्धुराका नाबालक भारतमा भेटिए
प्रहरीले भारतको पटना रेल्वे स्टेसनबाट एक नाबालकको उद्धार गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले गत बुधबार काठमाडौंबाट हराएका १४ वर्षीय नविन रुवालीलाई भारतबाट हिजो सकुशल उद्धार गरेको हो ।
काठमाडौँ महानगरपालिका-३१ नगेन्द्रकान्छा चोकस्थित डेरामा बस्ने उनी क्रिकेट खेल्न जाने बाहनामा गत बुधबार कोठाबाट निस्केका थिए । दुई दिनसम्म पनि फर्केर नआएपछि नाबालकका दाजु भरत रुवाली सार्कीले प्रहरीमा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा भारतमा आइपिएस तालिम गरेका नेपाली प्रहरी र भारतीय प्रहरीको निरन्तर समन्वय र सहकार्यमा प्रहरीले नाबालक नवीनलाई सकुसल उद्धार गरेको हो ।
डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ घर भएका नाबालकलाई अहिले दाजु भरत रुवाली सार्कीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू