‘मार्सीको’ ‘सुनको लौरो’ शंकास्पद

‘मार्सीको’ ‘सुनको लौरो’ शंकास्पद

संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद मक्तुम जुमा ला माक्तुमले एमाले नेता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं ‘मार्सी’लाई उपहार दिएको ‘सुनको लौरो’बारे छानविन हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे आफ्नो कार्यालयले छानबिन थालेको बताए । ‘उहाँ शनिवार बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर,सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन,’ उनले भने ।

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए । भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेकजाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए । लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनभिज्ञ छ । यस विषयमा भन्सार विभागले आन्तरिक रूपमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

टिप्पणीहरू