चीनमा पूर्वप्रेमिकासँगको डेटिङको खर्च र शोधभर्ना मागियो
चीनमा एक पुरुषले आफ्नी पूर्वप्रेमिकासँग डेटिङ गर्दा लागेको सबै खर्च फिर्ताको माग गरेका छन् । चिनियाँ सञ्चार माध्यमहरूमा परिचय नखुलाइएका सांघाइका ती व्यक्तिले आफूसँग ‘ब्रेकअप’ गरेकी युवतीसँग डेटिङ गर्दा लागेको सबै खर्च शोधभर्नाको माग गरेका हुन् ।
सम्बन्धमा रहँदाताका गरिएको खर्चको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन् । विस्तृत ‘ब्रेकअप लिस्ट’ माथि चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को बहस भएको छ । धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन् । उनले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डकी’ बिरामी आमाको हेरचाह खर्चसमेत समावेश छन् ।
उनको विस्तृत हिसाबमा प्रत्येक खर्च जोडीलाई नै बाँडिएको थियो वा पूर्वप्रेमिका एक्लैले लाभ उठाएकी थिइन् भन्नेसमेत उल्लेख छ । उदाहरणको निम्ति उनले ‘स्न्याक्स किन्न र ती सबै महिलालाई खुवाउन’ ३६ दशमलब १ युआन खर्च गरेका थिए । यस्तो अवस्थामा उनले उक्त स्न्याक्सको सम्पूर्ण खर्च महिलाले बेहोर्नुपर्ने उनको दाबी छ ।
स्थानीय एउटा रेष्टुरेन्टमा दुई जनाले डिनर खाँदा भएको खर्चसूचीमा खर्च रकमको ५० प्रतिशत ती महिलाले क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । डेटिङ गर्दा समग्रमा उनले ७२ हजार युआन खर्च भएको बताएका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार २५ युआन क्षतिपूर्ति मागेका हुन् ।
टिप्पणीहरू