किशोरी सुन्दरीका बलात्कारी मनोज पाण्डे भोलि जेल जाने !

किशोरी सुन्दरीका बलात्कारी मनोज पाण्डे भोलि जेल जाने !

आठ वर्षअघिको बलात्कारको घटनामा हालै पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्धको मुद्दामा भएको बहस भोलि सकिँदैछ । उनीविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदातलमा दायर गरेको मुद्दामा गत बिहीबारदेखि बहस भएको हो ।

उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुर्व्यवहारको मुद्दा दर्ता भएको हो । मुद्दामा मानव बेचबिखन तथा ओसारपसार कसूरमा १० देखि १५ वर्ष र बाल यौन दुर्व्यवहारमा तीन वर्षसम्मको सजाय माग दाबी गरिएको छ ।

आठ वर्षअघि एक सुन्दरी प्रतियोगितामा भाग लिएकी तत्कालीन १६ वर्षे किशोरी सुस्मिता रेग्मी (युवती आफैं सामाजिक सञ्जाललगायत सञ्चार माध्यममा खुलेर आएकी र उनको परिचय कतै नलुकाइएकाले नाम जस्ताको तस्तै उल्लेख गरिएको हो) ले बलात्कारको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी थिइन् । त्यसपछि पाण्डेलाई प्रहरीले काठमाडौंको स्वयम्भू नजिकैबाट पक्राउ गरेको थियो ।काठमाडौं जिल्ला अदालतमा गत बिहीबारदेखि भएका पाण्डेविरुद्धको मुद्दामा आजसम्म पीडित किशोरीको तर्फबाट बहस भइसकेको छ । भोलि पाण्डेको तर्फबाट जवाफी बहस हुने बताइएको छ । अब मनोजको तर्फबाट तीन जना वकिलले बहस गर्न बाँकी छ ।

त्यसपछि अदालतले तीन वटा विकल्पमध्ये एउटा आदेश दिने सम्भावना प्रवल देखिन्छ । कानुन व्यवसायीहरुका अनुसार उनलाई थुनामा पठाउने वा साधारण तारेखमा थुनामुक्त गर्ने वा धरौटीमा छाड्नेमध्ये एउटा आदेश हुनसक्छ । तर सबैभन्दा बढी सम्भावना जेल जाने नै भएको सरकारी वकिलहरुको भनाइ छ । मुद्दा काठमाडौं जिल्ला अदालतका श्रीमान् प्रकाश ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको छ ।

बहसमा हालसम्म सरकारी वकिलको तर्फबाट युवा उमेरका जिल्ला न्यायाधिवक्ताहरु लक्ष्मण घिमिरे, कृष्ण भण्डारीलगायतले भाग लिइसकेका छन्् । त्यसैगरी पाण्डेविरुद्धको अभियोगपत्र तयार गर्ने राजन हमाल सहित पाँच जनाले बहस गरिसकेका छन् । अभियुक्त पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता लव मैनाली, रमण श्रेष्ठ, ज्योति बानिया र जाहेरवालीको तर्फबाट मीरा ढुंगानालगायतले बहस गरेका छन् ।

भोलि सोमबार अनन्त लुईंटेललगायत तीन जना कानुन व्यवसायीले बहस गरेपछि पुनः सरकारी वकिलको तर्फबाट अर्को जवाफी बहस हुने छ । सबै बहस सकिएपछि सम्भवतः भोलि बेलुकीसम्ममा पाण्डेविरुद्धको मुद्दामा काठमााडौं जिल्ला अदालतको आदेश आउने सबैले अनुमान गरेका छन् ।

पाण्डेविरुद्ध र पीडित किशोरीको पक्षमा बहस गरेका कानुन व्यवसायीहरुले उनी जेल जाने सम्भावना अधिक रहेको बताउँछन् । उता तनहुँको जिल्ला अदालतमा यस्तै प्रकृतिको मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई झैं पाण्डे पनि बलात्कारको हदम्याद नाघेकाले जबरजस्ती करणीको व्याख्या भित्र नपरेका हुन् ।त्यसैले आठ वर्ष पुरानो घटना भएकाले पाण्डेको उक्त कार्यलाई मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुर्व्यवहारमा मुद्दा चलाइएको बताइन्छ । आठ वर्षअघि पाण्डेको संलग्नतामा राजधानीको नयाँ बानेश्वरस्थित पाँच तारे होटल एभरेष्टमा सेटिङमा ती सुन्दरी बलात्कार भएकी हुन् । पीडित स्वयम्ले आठ वर्षअघिको घटनाक्रमको बेलिबिस्तार लगाउँदै होटलमा रातभर आफूलाई बलात्कार गरिएको बताएकी हुन् ।

उक्त काण्डबारे सडकमा चर्को आवाज उठेपछि मत्थर पार्न नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसएसपी वसन्त कुँवरको संयोजकत्वमा छानबिन कमिटी गठन गरिएका थियो । उक्त घटनामा पूर्वसुन्दरी माल्भिका सुब्बालगायत र केही अभिनेत्री पक्ष र विपक्षमा बाँडिएका थिए ।

टिप्पणीहरू