सिटिजन्सको ९४ औं शाखारहित बैंकिङ सेवा मधेशमा
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैया भवाडीमा ९४ ओैं शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी शम्भु यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

उक्त सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एवम् बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा राखिएको छ । ग्राहकहरुको वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाइसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुविधाको पनि प्रारम्भ गरिसकेको छ ।
बैंकले ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याको सहज तवरले समाधान गर्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरेको छ । उक्त सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।
टिप्पणीहरू