एकैचोटी ३७ डिएसपीको बढुवा सिफारिस,उजुर हाल्न बाटो खुल्ला
सशस्त्र प्रहरी बलका ३७ जना नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न लागिएको छ । बढुवा समितिको हिजोको बैठकले रिक्त दरबन्दीमा ३७ जनाको नाम सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवामा उनीहरुको नाम सिफारिस भएको एपीएफ मुख्यालय, हलचोकले जनाएको छ ।
सिफारिसको पहिलो नम्बरमा टोपबहादुर डाँगी छन् । त्यसैगरी, हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया,जीवन केसी,धिरेन्द्रराज न्यौपाने, देवराज अर्याल,दिनेश मल्ल,उद्धवबहादुर रावल,शिवप्रसाद गैह्रे, सुमनजंग थापा क्षेत्री, अनिल कार्कीलगायतको नाम पनि सिफारिसमा परेको छ ।
बढुवा सिफारिसउपर चित्त नबुझे एक साताभित्र उजुरी दिने सकिने जनाइएको छ ।
टिप्पणीहरू