आकाशमा उड्दा भीआईपीको मात्रै सुरक्षा ?
नेपाल नागरिक उड्डयन प्राधिकरणले भीआईपीहरुको उडान गर्ने पाइलटमा दुई जना पाइलट अनिवार्य गरेको छ । प्राधिकरणले नेपाल सरकारले तोकेको विशिष्ट व्यक्तिका निम्ति जोडी पाइलट अनिवार्य गरेको हो ।
तर अन्य नागरिक र सर्वसाधारणको हकमा भने एक जना पाइलट भए पुग्ने पुरानै व्यवस्था कायम गरिएको छ । यसले आकाशमा उडेको समयमा समेत विशिष्ट र अति विशिष्टको ज्यानको मात्रै सुरक्षा गर्ने सरकारी निकायको दोहोरो मापदण्डको आलोचना भएको छ ।
नेपालमा उडान सुरक्षालाई थप सुदृढ र व्यवस्थित बनाउन प्राधिकरणले उक्त योजना बनाएको बताइएको छ । मौसमी अवस्था, उडान अवधि, हेलिकप्टर पाइलटको अनुभव, भौगोलिक अवस्थालाई मध्यनजर गर्दै हरेक उडान सुरक्षाको सबलीकरण गर्ने उसको भनाइ छ ।
आगामी सोमबारदेखि हवाइजहाज सञ्चालक कम्पनीहरुले विमानस्थलमा जहाजलाई रात्री बिसान गरी भोलिपल्ट पहिलो उडान त्यहीँबाट गर्नुपर्नेछ । हेलिकप्टरको हकमा यो व्यवस्था भोलिदेखि नै लागू हुनेछ ।
टिप्पणीहरू