कर्णालीमा बालविवाह अन्त्यको रणनीति बनाउन माग

कर्णालीमा बालविवाह अन्त्यको रणनीति बनाउन माग

बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माण गर्न माग गरेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाले १० बुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश सरकारले स्थानीय सरकारहरुलाई बालविवाह अन्त्यका लागि स्थानीय रणनीति निर्माणमा प्रोत्साहन गर्नुपर्ने आज बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । प्रदेशका सबै पालिकालाई बालविवाहको स्थिति अध्ययन र विश्लेषण गरी सोको तथ्याङ्कको निरन्तर अध्यावधि गर्ने प्रणालीको विकास गर्नुपर्ने उनीहरुको माग छ ।

बालविवाह अन्त्यसम्बन्धी नीति र कानुन कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्न मुख्यमन्त्रीलाई विशेष आग्रह गरेका छन् । उनीहरुले प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा उजुरी प्रक्रिया सहज गर्न सुझाव दिएका हुन् ।

टिप्पणीहरू