कुकुर र पशुप्रेमी राजाकी भाञ्जी बुहारी राप्रपामा छिरिन्
पूर्वराजा ज्ञानेन्द्रकी भाञ्जी बुहारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रोजेकी छन् । उनी गत हप्ता आयोजित कार्यक्रमबाट उक्त पार्टीमा औपचारिक रुपमा प्रवेश गरेकी हुन् ।
दरवार हत्याकाण्डमा मारिएका कुमार खड्गविक्रम शाहका कान्छा छोरा आशिषविक्रमकी श्रीमती प्रमदा अतिरथी नीर समशेरकी नातिनी हुन् । लामो समयदेखि कुकुर र घरपालुवा जनावरकी शौखिन तथा पशुप्रेमी र अधिकारकर्मीको राप्रपा प्रवेशले कमल थापाहरुलाई झट्का लागेको छ ।
थापाले राप्रपाको गत महाधिवशेनमा पूर्वराजा ज्ञानेन्द्र र उनका परिवारले अस्वाभाविक चलखेल गरेर आफूलाई अध्यक्षमा पराजित गराएको भन्दै पार्टी परित्याग गरेका थिए ।
उनी अहिले राप्रपा नेपाल पुनगर्ठन गरेर त्यसकै अध्यक्ष बनेका छन् । कमल थापाले आफूलाई पछिल्लो समय राजतन्त्र विरोधीको रुपमा परिचित गराउँदै हिँडेका छन् ।
टिप्पणीहरू