सर्वसाधारणको ढाड मात्रै होइन पूरै जीउ सेकाइयो

सर्वसाधारणको ढाड मात्रै होइन पूरै जीउ सेकाइयो

गए रातिदेखि पेट्रोलियम पदार्थको भाउ ह्वात्तै बढाएको सरकारले सार्वजनिक यातायातको भाडा पनि त्यसैगरि बढाएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश गुड्ने यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

जसअनुसार यात्रुवाहक सवारीमा ५ दशमलब ३ प्रतिशतले भाडावृद्धि गरिएको छ । त्यसैगरी, पहाडी मार्गमा चल्ने मालवाहक सवारीमा ६ दशमलव ९४ प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारीमा ७ दशमलव ७ प्रतिशतले भाडा बढेको हो ।इन्धनको बजार मूल्य ५ प्रतिशत र सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक तवरले भाडा समायोजन गरिने व्यवस्था छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ ।पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले बढाएर एक सय ९९ पुर्याइएको छ । डिजेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरी एक सय ९२ कायम गरिएको छ ।विभागले यसअघि गत जेठ २७ गते पछिल्लो पटक भाडावृद्धि गरेको थियो । बैशाखदेखि हालसम्म तीन पटक सवारी भाडा बढेको हो ।

बजारमा दैनिक उपभोग्य सामानको मूल्य अचाक्ली बढेको छ । सर्वसाधारणको चुल्हो बाल्न हम्मे पर्ने अवस्था उत्पन्न भएको छ । स्वास्थ्य उपचार पनि त्यस्तै महँगो भएको छ । पटक पटकको मूल्यवृद्धिले जनताले ढाड मात्रै होइन पूरै शरीर सेकिएको अनुभव गरेका हुन् ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/2079.03.06अन्तरप्रदेशभाडादर2022-06-20_12-28-38-219.pdf”]

 

टिप्पणीहरू