पर्यटनमन्त्रीमाथि पर्यटन व्यवसायीहरुनै खनिए

पर्यटनमन्त्रीमाथि पर्यटन व्यवसायीहरुनै खनिए

तीन वटा पर्यटन व्यवसायी संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको बर्खास्तीको माग गरेका छन् । नेपाल पर्यटन व्यवसायी संघ (नेट), नेपाल पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मन्त्री आलेलाई पदीय जिम्मेवारीबाट हटाउन सरकारसँग माग गरेका हुन् ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग अश्लील बोलेको अडियो रेकर्ड बाहिरिएपछि ती संगठनले आपत्ति जनाएका हुन् । तीन वटै संगठनले लुम्बिनी विकास कोषको गुरुयोजनामा मन्त्री आलेले चलखेल गरेको गम्भीर आरोप लगाएका छन् ।

टिप्पणीहरू