काठमाडौँमा नक्कली पानीको भरमार

काठमाडौँमा नक्कली पानीको भरमार

लामो समयदेखि अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी जारको पानी बेच्ने दुई जना आज समातिएका छन् । सर्लाहीको लालबन्दी-५ का २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगर-१३ का २६ वर्षीय किरण श्रेष्ठ ठगी आरोपमा पक्राउ परेका हुन् ।

‘स्पार्कलंग स्प्रिङ्क्लर’ नामबाट पानी बेचिरहेका बेला कालीमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले १९७ वटा पानीका जार बरामद गरेको छ । जार बोक्ने दुई डिआइ गाडीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँमा डेरा गरी बस्ने उनीहरुले कलंकीमा राम्रो कम्पनीको ट्रेडमार्क लगाएर कम गुणस्तरको पानी बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।आरोपी दुई जना र पानीको जारसहित कारबाहीका लागि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू