पत्रकारकी श्रीमतीले गरिन् आत्महत्या

पत्रकारकी श्रीमतीले गरिन् आत्महत्या

राजधानीबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकमा कार्यरत नेवार थरका पत्रकारकी श्रीमतीले आत्महत्या गरेकी छन् । मिडिया जगतमै आवध्द उनकी श्रीमतीले आज दिउँसो बानेश्वरस्थित डेराको तीन तल्लामाथि आत्महत्या गरेकी हुन् ।

बानेश्वरका डिएसपी मिनबहादुर लामाले आत्महत्या भएको खबरलाई पुष्टि गरेका छन् । हाल मृतकको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा राखिएको छ ।

सिन्धुली र सुर्खेतका यो जोडीको अन्तरजातीय विवाह भएको थियो । यसअघि पनि सोही नाम गरेका एकजना पत्रकारकी श्रीमतीले यसैगरी ललितपुरमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

टिप्पणीहरू