धौलागिरि अस्पतालमा दरबन्दीका १८ जना बिशेषज्ञ,डाक्टर छैनन् बिरामी मर्कामा

धौलागिरि अस्पतालमा दरबन्दीका १८ जना बिशेषज्ञ,डाक्टर छैनन् बिरामी मर्कामा

-राजेशचन्द्र राजभण्डारी

धाैलागिरि अस्पतालमा सरकारले ताेकेकाे दरबन्दीअनुसारको १८ जना डाक्टर रिक्त हुँदा स्वास्थ्य सेवा प्रभावित बन्न पुगेको छ । सरकारले जनतालाई सस्तो सर्वसुलभ स्वास्थ सेवा दिने भनिरहेको समयमा भएको जनशक्तिसमेत धमाधम अन्यत्र सरूवा गरी पठाएपछि अस्पतालमा डाक्टरकाे अभाव भएको छ ।

धाैलागिरि अस्पताल बागलुङको स्तरोन्नतिको चर्चा चलिरहेकै बेला अस्पतालमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको धमाधम सरुवा भएपछि चार जिल्लाको मुख्य अस्पताल धौलागिरि अस्पताल जनशक्ति बिहिन बन्दै गएको हो । अस्पतालमा डाक्टर कम भएपछि उपचारको लागि आएका बिरामीले समयमै उपचार गराउन नपाएको र डाक्टरलाई रिपोर्ट देखाउनसमेत घण्टाै कुर्नुपर्ने बाध्यता हुदा समस्या भएको अस्पतालमा उपचारको लागि आएका बिरामी र आफन्तहरूकाे गुनासो छ ।

१८ जना बिशेषज्ञ डाक्टरकाे दरबन्दी भएकाे अस्पतालमा अहिले एकजना पनि दरबन्दी अनुसारकाे डाक्टर नहुदा दैनिक उपचारको लागि आउने बिरामीहरू बिचल्लीमा पर्दै गइरहेका छन् ।हिजो संघ सरकारकाे मातहत रहेको अस्पताल अहिले गण्डकी प्रदेशको मातहतमा गएपछि मौजुदा जनशक्ति समेत रित्तिएकाे अस्पताल प्रशासनले जनाएको छ ।

२०६६ सालमा जिल्ला अस्पतालबाट अञ्चल अस्पतालमा स्तरबृद्धि भएको अस्पतालमा अहिले पनि उही पुरानो दरबन्दी छ । ५० शैया क्षमताका लागि निर्धारण गरिएको ७८ जनाको दरबन्दीमा कठिनले आधा जनशक्ति रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा स्वास्थ्य सेवा दिने जनशक्तिको अभाव भएको कारणले काम गर्न कठिनाइ भइरहेको मेडिकल अफिसर समेत नहुदा जनतालाई स्वास्थ सेवा दिन कठिनाइ भएको धाैलागिरि अस्पतालका डाक्टर अभिषेक गजुरेलले बताए ।

जनशक्तिको अभावमा अस्पतालको आकस्मीक कक्ष सञ्चालनमा कठिनाई भएको छ । सघन उपचार कक्ष र आईसोलेसन कक्षका लागि जनशक्तिनै छैन् । अस्पतालले पाएको दरबन्दी अनुसार ६ जना मेडिकल अधिकृत हुनुपर्नेमा एकजना पनि कार्यरत छैनन् । स्टार्फ नर्स १८ जनाको दरबन्दी रहेको अस्पतालमा स्टाफनर्स अझै पुरा आएका छैनन् ।७८ जना दरबन्दी रहेको अस्पतालमा ४६ जना कार्यरत छन् भने ३२ जना रिक्त हुदा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन ।

मेडिकल अधिकृत खाली भएपछि आकस्मिक कक्षको सिफ्टनै खाली हुने अबस्थामा पुगेपछि ‘बिरामीको उपचार गर्न थप समस्या सृजना भएको छ ।।’ अकस्मिक कक्षमा काम गर्नका लागि मेडिकल अधिकृत सहितको पाँच जनाको जनशक्ति चाहिने भएपनि त्यो समेत ब्यबस्थापन हुन नसक्ने अस्पतालले जनाएको छ । १४ बर्षदेखि निर्माणाधिन अवस्थामा रहेको अस्पतालको ‘सि व्लक’ भवन समयमा सम्पन्न नहुदा अस्पतालमा बिरामी जाँच्ने ,बिरामी भर्ना गर्ने काेठाकाे अभाव हुदा समस्या झल्नु परिरहेकाे छ ।

टिप्पणीहरू