प्रमुख निर्वाचन आयुक्तको अर्को सनसनीपूर्ण धारणा

प्रमुख निर्वाचन आयुक्तको अर्को सनसनीपूर्ण धारणा

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपालीले पनि आगामी निर्वाचनमा मतदान गर्न पाउन् भन्ने उद्देश्यले त्यस सम्बन्धमा आवश्यक कार्य गर्न थालिएको धारणा राख्नुभएको छ । उहाँले हिजो राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त विचार अभिव्यक्त गर्नुभएको हो ।

वैदेशिक लगानी र रोजगार सम्बन्धी कार्यक्रममा पुग्नुभएका थपलियाले गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दालाई छिट्टै सम्बोधन गर्ने जानकारी दिनुभयो । ती मागलाई आगामी निर्वाचनहरुमा सम्बोधन गर्न आयोग लागिपरेको बताउनुभएको थियो ।

प्रमुख निर्वाचन आयुक्तले भन्नुभयो, ‘आउँदो आर्थिक वर्षदेखि केही दूतावासहरूबाट अनलाइन प्रणालीमार्फत् मतदाता नामावली दर्ता गर्न अनलाइन रजिस्टे«सन सिष्टम प्रारम्भ गरिने छ ।’ उहाँको भनाइ हाललाई मतदाता नामावलीमा नाम दर्ता गर्ने हो । विदेशबाट मतदान नै गर्ने भन्ने विषय निकै टाढा रहेको केही विज्ञ बताउँछन् ।

टिप्पणीहरू