औषधिको गुणस्तर निर्क्यौल गर्न पाँच दर्जन विदेशी कम्पनी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ औषधि दर्ता एवम् गुणस्तरको अवस्थाबारे निर्क्यौल गर्न झण्डै पाँच दर्जन विदेशी कम्पनी छनौट गरेको छ । औषधि व्यवस्था विभागको सिफारिसमा मन्त्रालयको हिजोको सचिवस्तरीय निर्णयले ५८ वटा कम्पनी छनौट गरेको हो ।
विश्व स्वास्थ्य संगठनको जीएमपी गाइडलाइनबमोजिम औषधि निरीक्षण गर्न विभागले आवेदन माग गरेको थियो । सोको निम्ति ७१ वटा कम्पनीले आवेदन दिएका थिए । विभागले प्रकाशित गरेको छनौट सूचीमा अधिकांश भारतीय र बंगलादेशी कम्पनी देखिन्छन् ।
कोभिड र अन्य कारणले विभागले पछिल्लो तीन वर्षदेखि डब्लुएचओ जीएमपी निरीक्षण गर्न सकेको थिएन ।

टिप्पणीहरू