भोलिदेखि सबै आन्तरिक उडान बन्द

भोलिदेखि सबै आन्तरिक उडान बन्द

वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि सबै आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको छ ।

संघले आफ्ना मागविपरित नागरिक हवाई उड्डयन प्राधिकरणले जर्बजस्ती निर्देशन दिएको विरोधमा भोलिदेखि कुनै पनि विमान र हेलिकप्टर नउडाउने निर्णय गरेको हो ।

प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा विमान र हेलिकप्टरले राति काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो ।

‘बाध्यात्मक रूपमा यस संघसँग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९/०३/०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघको विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू