माओवादी अखिलले माग्यो सहुलियतमा इन्धन

माओवादी अखिलले माग्यो सहुलियतमा इन्धन

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनले सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले माग पूरा नभए सडक आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

संगठनकी अध्यक्ष पञ्चा सिंहले विज्ञप्तिमार्फत उक्त चेतावनी दिएकी हुन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेजीको माग गर्दै उनले पूर्णरुपमा भन्सार छुट गर्न सरकारसँग आग्रह गरेकी छन् ।

नेपाल आयल निगमले पछिल्लो मूल्यवृद्धिपछि कीर्तिमान कायम गरेको उल्लेख गर्दै सिंहले लेखेकी छन्, ‘नागरिकको कष्टसाध्य जीवनप्रति पूर्णतः बेखबर रहि गरिएको मूल्यवृद्धिले जनजीवनमा निकै भयावह अवस्था सृजना गरेको छ । वर्तमान परिस्थितिले हामीलाई निकै गम्भिर पनि बनाएको छ ।’

पटक पटकको मूल्यवृद्धिले सरकार सर्वसाधारण जनताको संरक्षक हुनुपर्ने जिम्मेवारीबाट च्यूत भएको संगठनको दाबी छ ।

टिप्पणीहरू