अमेरिका भ्रमणमा जानुभएका प्रधानसेनापति लेबनानमा व्यस्त
अमेरिकाको औपचारिक भ्रमणको निम्ति जानुभएका प्रधानसेनापति प्रभुराम शर्मा यतिखेर लेबनानमा व्यस्त हुनुहुन्छ । उहाँ गत शनिबारदेखि त्यहाँको युनिफिल मिसन, लेबनानको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापतिले आज त्यहाँका उच्च अधिकारीहरुसँग औपचारिक भेट गर्नुभएको हो ।
आज लेबनानका प्रधानमन्त्री नाजिब अज्मी मिकाटी, रक्षामन्त्री मौरिस स्लिम, सभामुख नबिह बेरी र लेबनानी सेनाका प्रमुख जोसेफ खलिल औनसँग शिष्टाचार भेटघाट गर्नुभएको छ ।सो क्रममा लेबनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको भूमिका, नेपाल र लेबनानबीचको सैनिक सम्बन्धबारे विचारविमर्श भएको छ ।
त्यसैगरी दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवम् हितका विषयमा पनि छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टिप्पणीहरू