उपेन्द्र महतोकी श्रीमतीलाई आन्तरिक राजश्व कार्यालयको पुर्जी
गैरआवासीय नेपालीहरुको संस्था एनआरएनका संस्थापक अध्यक्ष तथा धनाढ्य उपेन्द्र महतोकी श्रीमतीले कर छलेको आशंका गरिएको छ । श्रीमती डा.समताप्रसादले नेपाल ग्रामोद्योग सञ्चालकको नाताले कर छलेको हुनसक्ने देखिएको हो ।
आन्तरिक राजश्व कार्यालय, टंगालले आज जारी गरेको सूचनामा उपेन्द्रकी श्रीमतीलाई आयकर छलेको आशंकामा आवश्यक कागजात र प्रमाण पेश गर्न १५ दिनको म्याद दिइएको छ । उनले विभिन्न मितिमा पेश गरेको आय विवरणको पूर्ण करपरीक्षण गर्दा मूल्यअभिबृध्दि कर (भ्याट) मा तलमाथि गरेको देखिन आएको हो ।
सोसम्बन्धमा जेठ ३० गते निजको घर ठेगानामा पठाइएको रजिष्ट्री पत्रसमेत फिर्ता आएको सूचनामा उल्लेख छ । जबकि महतोको घर टंगाल,भाटभटेनीपूर्वतर्फ विशालनगर जाने सडकको बायाँपट्टी ठूलो कम्पाउण्डमा छ ।
स्थायी लेखा नम्बर ६०६७१५५४२ भएकी समताले कति कर रकम छलेकी हुन् भन्नेबारे कार्यालयले जानकारी दिएको छैन । उनलाई आयकर ऐन २०५८ को दफा १०१ (६), मूल्यअभिबृध्दि कर ऐन २०५२ को दफा २० बमोजिम कर छलेको आशंकामा कार्यालयमा हाजिर हुन आदेश दिइएको हो ।

टिप्पणीहरू