उपराष्ट्रपति बन्दै गरेको घर हेर्न जाने
उपराष्ट्रपति नन्दबहादुर पुनले आज नयाँ निवासको निम्ति बनाइएको घर अवलोकन गर्ने हुनुभएको छ । तीन महिनाअगाडि निर्माण सम्पन्न भएको भनिएको भवनको उहाँले आज चोटाकोठा सबै हेर्न लाग्नुभएको हो ।
भवनको आन्तरिक सजावटको जिम्मा ज्योति एण्ड कम्पनीले लिएको थियो । आगामी चैतमा कार्यकाल समाप्त हुने उपराष्ट्रपतिले अब मुश्किलले हालको सरकारी निवासमा सात महिना बिताउनुहुनेछ ।
उपराष्ट्रपतिको कार्यालय र निवास अहिले लैनचौरस्थित तत्कालीन समाज कल्याण परिषद्को भवनमा राखिएको छ ।
टिप्पणीहरू