बीमा समितिविरुद्ध निर्माण व्यवसायीहरुको चेतावनी

बीमा समितिविरुद्ध निर्माण व्यवसायीहरुको चेतावनी

बीमा दररेटमा देखिएको समस्याका कारण १७ हजारभन्दा धेरै निर्माण व्यवसायीले चर्को आर्थिक समस्या भोग्नुपरेको कारण देखाउँदै तीन ठूला निर्माण व्यवसायीहरुले विरोध जनाएका छन् । डि–ट्यारिफमा जाने र बीमा समितिका अध्यक्षलाई जानकारी गराउँदै अनुमोदनको लागि सिफारिस गर्ने सहमति विपरित समितिले पत्र लेखेपछि व्यवसायीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवि सिंह, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्थाका उपाध्यक्ष गणेश कार्की र हेभी इक्विपमेन्ट व्यवसायी संघका महासचिव सुरेश खत्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा बीमा समितिसँग भएको वार्ता परिणाममुखी नभएपछि समितिले असार २ गते पठाएको पत्रमा पूर्णअसहमति रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा समितिलाई उक्त पत्र खारेज गर्न अनुरोध गर्दै सात दिनको अल्टिमेटम दिइएको छ । उनीहरुले सरोकारवालाहरुको सहभागितामा नयाँ निर्देशिका जारी गर्न माग गर्दै गरेका छन् ।

ठेकेदारहरुले रवि सिंहको नेतृत्वमा पाँच सदस्यीय संघर्ष समिति पनि गठन गरेका छन् ।

टिप्पणीहरू