पाकिस्तानी स्वतन्त्रता दिवससम्बन्धी कार्यक्रममा साँगीतिक सरगर्मी
काठमाडौंस्थित पाकिस्तानी दूतावासले स्वतन्त्रताको ७५ औं वार्षिकोत्सव समारोह आयोजना गरेको छ ।
हिजो,सो अवसरमा दूतावासले पाकिस्तानी साहसिक भूमि र प्रकृति शीर्षकको कार्यक्रम आयोजना गरेको हो । नेपाली चर्चित गायकहरुले लाइभ शो दिएको सो कार्यक्रममा पूर्व प्रधान सेनापति प्यारजङ्ग थापासहित विभिन्न तहका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।
त्यसैगरी कूटनीतिक समुदाय, बहालरत तथा सेवानिवृत्त सरकारी अधिकारीहरू,विद्वान,पत्रकार, लेखक र विश्लेषकहरूको पनि सहभागिता रहेको दूतावासले जनाएको छ । पाकिस्तानी संस्कृतिको बारेमा जानकारी गराउन र नेपाल तथा पाकिस्तानबीच कायम रहेको मैत्री सम्बन्ध सुदृढ तुल्याउन उक्त कार्यक्रमले सहयोग पुर्याउने दूतावासले विश्वास लिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामो समय भारतस्थित उच्चायुक्त कार्यालयमा कार्यरत रही पोहोर मात्र नेपाल आउनुभएका राजदूत सैयद हैदर साहले भन्नुभयो, ‘प्रतिष्ठित पाहुनाहरुको उपस्थितिमा पाकिस्तानको ऐतिहासिक, सांस्कृतिक,धार्मिक विषयवारे जानकारी गराउन पाउँदा गौरवान्वित भएको छु ।”
पाकिस्तान र नेपालबीचको परम्परागत सम्बन्धलाई थप कसिलो बनाउन स्वतन्त्रताको ७५ औं वार्षिकोत्सव कार्यक्रम थप सहयोगी हुनेछ ।’

टिप्पणीहरू