ओशोभक्त अभिनेत्री शोभितालाई भ्याइनभ्याइ

ओशोभक्त अभिनेत्री शोभितालाई भ्याइनभ्याइ

शोभिता सिंखडा ओशो भक्तजनहरुबीच निकै परिचित नाम हो । उनी योगा,ध्यान र ओशोसँग सम्बन्धित कार्यक्रममा नपुगेको सायदै घटना छ ।

यसबीच उनी राजनीतिक दलका शीर्ष नेता तथा सरकारी अधिकारीहरुसँग भेटघाटमा पनि उत्तिकै व्यस्त देखिन्छन् ।

गत मंगलबार सैनिक मुख्यालय हाताभित्र आयोजित योगा कार्यक्रममा पनि उनी अघिल्तिर थिइन् । सो कार्यक्रममा प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

यसबीच उनीले माओवादी नेता नारायणकाजी श्रेष्ठसँग तपोवन, नागार्जुनमा गरेको भेटघाट र कुराकानी पनि टिकटिकमा निकै भाइरल बनेको छ ।

यता बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा हिजो स्वामी आनन्द अरुणसँगै सिंखडा पनि थिइन् । उनले सामाजिक सञ्जालमा ध्यान दिवसलगायत समाज र देश रुपान्तरणको निम्ति उक्त भेट अति महत्वपूर्ण भएको लेखेकी छन् ।

प्रधानमन्त्रीसँगको भेटमा समन्वयकारी भूमिका निर्वाह गर्न पाउँदा खुशी लागेको उल्लेख गरेकी उनले सो भेटलाई सञ्चारमन्त्री कार्की र मुख्यसचिव शंकरदास बैरागीले थप अर्थपूर्ण बनाइदिनुभएकोमा विशेष आभार भनेर लेखेकी छन् ।

टिप्पणीहरू