रवि लामिछाने फाउण्डेशनमा ज्वाला संग्रौलाको लाखौं दाखिला,स्रोत खै ?
टेलिभिजन प्रस्तोताबाट राजनीतिक दलको नेतामा रुपान्तरण हुन खोजेका रवि लामिछानेको नाममै खुलेको फाउण्डेशनमा विवादास्पद व्यक्तिले लाखौं रुपैयाँ जम्मा गरेका छन् । स्वःघोषित अभियानकर्मी ज्वाला संग्रौलालगायतले एकमुष्ट साढे ३१ लाख रुपैयाँ जम्मा गरेको रसिद भेटिएको छ ।
अघिल्लो वर्षको जेठ ७ गते ज्वाला,राम श्रेष्ठ, सुनिता गुरुङ र शर्मिला वाइवालगायतको नामबाट ३१ लाख ५१ हजार रुपैयाँ जम्मा गरिएको हो । यति धेरै रकम जम्मा गर्नेको स्रोतको बारेमा कसैले पनि खोजीनीति गरेको देखिँदैन । मुलुकको कानुनअनुसार पछिल्लो केही वर्षदेखि बैंक वा वित्तीय संस्थामा रकम जम्मा गर्न जाँदा पनि १० लाख रुपैयाँभन्दा माथिको रकमको स्रोत अनिवार्य देखाउनुपर्ने हुन्छ । अन्यथा, रकम जम्मा हुँदैन वा शंकाको घेरामा तानिन्छ ।
उता,घर,जग्गालगायत स्थीर सम्पत्ति जोड्दा पनि नागरिकले मालपोत कार्यालयमा १० लाखभन्दा माथि आम्दानीको स्रोत खुलाउनुपर्ने व्यवस्था छ ।

तर सामाजिक अभियानकर्मीको हैसियत देखाउने,ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने,जातीय बिभेदलगायत विभिन्न खालका विवादमा तानिने र आशंकापूर्ण कार्यमा संलग्न भएको निहुँमा प्रहरी हिरासत र निगरानीमा परेका तथा धरौटीमा मुद्दाको पुर्पक्ष गर्दै रहेका व्यक्तिले जम्मा पारेको उक्त रकम र सो रकम जम्मा भएको फाउण्डेशनप्रति नै आशंका उब्जनुलाई उपत्यका प्रहरी कार्यालयले अस्वाभाविक मानेको छैन ।
रविको फाउण्डेशन २०७५ पुस १६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको देखिन्छ । सोही वर्षको चैत ७ गते समाज कल्याण परिषद्मा दर्ता भएको भनिएको उक्त फाउण्डेशनको कार्यालय पहिले बौद्ध र अहिले रातो पुलमा रहेको उल्लेख छ ।
रविको अध्यक्षतामा गठन भएको फाउण्डेशनको उपाध्यक्षमा एउटै खलकका श्रीमती निकिता पौडेल,डा. मुकुन्द पौडेल,निरक पौडेल र दीपक पौडेल सदस्य छन् भने रवि सापकोटालाई प्रशासन सहायक भनिएको छ । पौडेल थरका सबै सदस्य निकिताका माइती खलक हुन् ।
टिप्पणीहरू