अफिम रेष्टुरेण्टमा बसेर स्वतन्त्र उम्मेदवारी घोषणा
आगामी संसदीय निर्वाचनको निम्ति स्वतन्त्र उम्मेदवार घोषणा गर्ने क्रम बढेको छ । यस क्रममा विभिन्न राजनीतिक दल छाडेर स्वतन्त्र भएका र हालसम्म कुनै पनि दलसँग सम्बन्धित नरहेकाहरुले भटाभट उम्मेदवारी घोषणा गरेका छन् ।
हिजो काठमाडौंको दरबारमार्गस्थित अफिम रेष्टुरेन्टबाट एक जनाले आफू आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुने पक्का भएको बताएका छन् ।
आसन्न प्रतिनिधि सभा निर्वाचनको निमित्त अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भनेका हुन् ।
तत्कालीन विवेकशील साझा पार्टीमा सचिवालय सदस्य रहेका अब्दुस मियाँले हिजो दिउँसो काठमाडौं ६ बाट सामाजिक अभियानकर्मीको रुपमा बताउँदै आएका हेमराज थापा,सुरज गिरीलगायतलाई दायाँबायाँँ राखेर उक्त कुरा बताएका हुन् ।
यसबीचमा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र उनका दाजु हरिशरण लामिछानेले विभिन्न निर्वाचन क्षेत्र तोकेर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेपछि अन्य स्वतन्त्रले उक्त लहरलाई पछ्याएको देखिन्छ ।
टिप्पणीहरू