घुस मागेका नापीका कर्मचारी अख्तियारको फन्दामा
नापी कार्यालय, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ । ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।
जग्गाको हालसाबिक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही आधारमा अनुसन्धान गर्दा घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउपछि आवश्यक छानबिन र अनुसन्धान गरेर अख्तियारले मुद्दा चलाएको हो । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुनपर्ने मागदाबी अख्तियारले लिएको छ ।
टिप्पणीहरू