नयाँ मन्त्रीले भन्नुभयो : आगामी चुनाव मंसिर २१ गते पक्का
आगामी संघीय र प्रदेश सभाको चुनावको मितिबारे विभिन्न अड्कलबाजी हुँदै गर्दा हालै नियुक्त एक जना मन्त्रीले चुनाव हुने मिति ठ्याक्कै बताउनुभएको छ । सहरी विकासमन्त्री मेटमणि चौधरीले आगामी चुनाव मंसिर २१ गते हुने ठोकुवा गर्नुभएको हो ।
हिजो राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो, ‘आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरिएको छ ।’
यसअघि निर्वाचन आयोगले सरकारसमक्ष आगामी निर्वाचनको मिति घोषणाको निम्ति कात्तिक २७ वा मंसिर १२ गतेको दिन प्रस्ताव गरेको छ । तर गत आइतबार बिहान शपथ ग्रहण गरेपछि सोही दिन दिउँसोबाट पद बहाली गर्नुभएका मन्त्री चौधरीले नयाँ मितिबारे बताउनुभएको हो ।
उहाँलगायत चार जना मन्त्री पहिलो पटक हिजो अपरान्ह बोलाइएको क्याबिनेट बैठकमा उपस्थित हुनुभएको थियो ।
टिप्पणीहरू