काँग्रेस विवाद भुसको आगोझैँ फैलियो, कोइराला पक्षको छुट्टै बैठक

काँग्रेस विवाद भुसको आगोझैँ फैलियो, कोइराला पक्षको छुट्टै बैठक

नेपाली काँग्रेसको १४औं महाधिवेशन सकिएको छ महिनापछि संस्थापन इतर समूहले छुट्टै बैठक बोलाएको छ । नेता शेखर कोइरालाको नेतृत्वमा रहेको समूहले आज दिउँसो २ बजे बत्तिसपुतलीमा बैठक बोलाएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा विधि र विधानअनुसार नचलेको, स्थानीय निर्वाचन सकिएको डेढ महिना बितिसक्दा पनि काँग्रेसले निर्वाचन परिणामबारे समीक्षा नगरेको कोइराला पक्षको आरोप छ । काँग्रेसले महाधिवेशन सकिएको छ महिना भइसक्दा पनि पदाधिकारी, समिति र भ्रातृसंगठनलाई पूर्णता दिन सकेको छैन ।

सभापति एवम् प्रधानमन्त्री देउवाले पार्टी र सरकारको कामलाई सँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको समयमा बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा बैठक डाकिएको हो ।

टिप्पणीहरू