चिनियाँ राष्ट्रपति कोरोना महामारीपछि पहिलो पटक मुख्यभूमि बाहिर

चिनियाँ राष्ट्रपति कोरोना महामारीपछि पहिलो पटक मुख्यभूमि बाहिर

चीनले बेलायतबाट आफ्नो अभिन्न भूभाग हङकङ फिर्ता लिएको आज २५ वर्ष पूरा भएर २६ वर्ष लागेको छ । बेलायतले ९९ वर्षको औपचारिक उपनिवेशपछि उक्त टापु चीनलाई हस्तान्तरण गरेको हो ।

भिन्न राजनीतिक व्यवस्था भएका मुलुकबीच भएको सहमतिअनुसार चीनले हङकङलाई ‘एक देश, दुई व्यवस्था’ को सिद्धान्तअन्तर्गत सन् १९९७ जुलाई १ मा लिएको हो । २५ वर्षअघि आजैका दिन बेलायती युवराज चार्ल्स, प्रधानमन्त्री टोनी ब्लेयर र हङकङका २८ औँ तथा अन्तिम गभर्नर क्रिस प्याट्टनले हङकङको चाबी चीनलाई बुझाएका थिए ।

आज त्यहि हङकङमा आयोजित विशेष समारोहमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनपिङ हिजै त्यहाँ पुग्नुभएको छ । राष्ट्रपति सी कोरोना महामारीपछि मुख्यभूमि छाडेर पहिलो पटक हङकङ पुग्नुभएको हो ।

आजको विशेष समारोहलाई उल्लासमय बनाउन हङकङका मुख्य सडक र चोकमा चीन र हङकङको झण्डा हिजैदेखि फहराइएका छन् ।

सिन्ह्वाका अनुसार सन् १९९७ को तुलनामा हङकङको कूल गार्हस्थ उत्पादन बढेर दोब्बरभन्दा बढी पुगेको छ ।

टिप्पणीहरू