बैंक उद्घाटनपछि पोखराका मेयर दङ्ग,राष्ट्र बैंकका मेनेजरलाई निम्तै छैन
पोखरा महानगरपालिकाका मेयरले कृषि विकास बैंकको शाखा कार्यालय उद्घाटन गर्नुभएको छ । मेयर धनराज आचार्यले बैंकको कास्कीस्थित चाउथे शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।
आज बिहान पोखरामा निर्माणाधीन नयाँ क्षेत्रीय विमानस्थलको प्रवेशद्वार नजिकै बैंक शाखा उद्घाटन भएको थियो । कार्यक्रममा बैंकका सीईओलगायत ठूलाबडा सबै काठमाडौंदेखि पुगेका थिए ।
तर,पोखरामै रहेको राष्ट्र बैंकको प्रदेश कार्यालयका प्रमुखलाई भने निम्तोमा छुटाइएको आयोजकहरुले बताए । पूर्वगभर्नर,पूर्वअर्थमन्त्री तथा पूर्वराजदूत युवराज खतिवडाको ज्वाईंसमेत रहेका राष्ट्र बैंकका म्यानेजर रामशरण खरेललाई पोखराकै कृषि विकास बैंकको शाखा उद्घाटनमा निम्तो नदिनुलाई राजनीतिमा पोलिटिक्स घुसेको भन्न थालिएको छ ।
टिप्पणीहरू