रविको पार्टीले १८७ नम्बरबाट घण्टी बजाउँदै हिँड्ने
निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ । केही दिनअघि उक्त दल दर्ताका लागि आयोगमा निवेदन परेको थियो । निवेदनमाथि वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीबाट अध्ययनको रिपोर्ट प्राप्त भएपछि आज अपरान्ह आयोगले दर्ताको निर्णय गर्दै प्रमाणपत्रसमेत दिएको छ ।
१८७ नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन,२०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ ।
निर्वाचन आयोगमा आफ्नो दल दर्ता भएपछि प्रमाणपत्र लिएर बाहिरिने क्रममा रविले अब जनतामाझ जाने बाटो पनि खुलेको बताएका छन् । ‘हामीले प्रस्ताव गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिह्न घण्टीलाई निर्वाचन आयोगले स्वीकारेको छ’,उनले भने, ‘अब स्वतन्त्र नामलाई लिएर विरोध गर्नुको अर्थ रहेन । घण्टी भने हामीले गोलाकारभित्रको बजाउन पाउने भएका छौँ ।’
टिप्पणीहरू