प्रहरीको मोस्ट वाण्टेड सूचीका नेपाली शिकारी भारतीय सेनाको गोली प्रहारबाट ठहरै
प्रहरीको मोस्ट वाण्टेड सूचीका नेपाली शिकारी भारतीय सेनाको गोली प्रहारबाट ठहरै
बर्दियामा भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट एक जना नेपालीको हत्या भएको छ । भारतीय सीमानासँग जोडिएको मूर्तिहाको जंगलमा निगुरो टिप्न गएका नेपालीमाथि एसएसबीले गोली प्रहार गरेको बताइएको छ ।
अस्ति साँझ निगुरो टिप्न भनेर गएका गुलरिया नगरपालिका ३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको स्थानीयको भनाइ छ । उनको उपचारको निम्ति अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
तर प्रहरी स्रोतले गोडिया वन्यजन्तु तस्करीमा संलग्न शिकारी रहेको र उनले भरुवा बन्दुक बोकेर हिँडेका कारण उक्त घटना भएको बताएको छ । काठ तस्करीमा समेत संलग्न उनी नेपाल प्रहरीको खोजीको सूचीमा थिए भनिएको छ्ब।
टिप्पणीहरू