भारतीय राजदूत बालुवाटार हुँदै बालकोट

भारतीय राजदूत बालुवाटार हुँदै  बालकोट

नेपालका लागि भारतका नवनियुक्त राजदूत ओहोदाको प्रमाणपत्र पेश गरेपछि भेटघाटमा व्यस्त हुनुभएको छ । अस्ति दिउँसो राष्ट्रति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि उहाँ लगत्तै बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेपछि हिजो उहाँ पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुग्नुभएको हो । बिहान ब्रेकफाष्टपछि त्यहाँ पुग्नुभएका राजदूत लञ्चको समयमा लैनचौर आइपुग्नु भएको हो ।

बालकोटमा राजदूत नवीन श्रीवास्तव,पोलिटिकल अफिसर प्रसन्न श्रीवास्तव,दूतावासका प्रवक्ता नवीनकुमार पुग्नुभएको हो । एमालेका तर्फबाट अध्यक्ष ओली मात्र सहभागी हुनुहुन्थ्यो ।

हिजै भारतीय राजदूतले सिंहदरबार पुगेर परराष्ट्रमन्त्रीसँग भेट गर्नुभयो । उहाँले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग आधा घण्टा भेटवार्ता गर्नुभयो । त्यहाँको भेटघाटमा राजदूत श्रीवास्तवसँगै प्रसन्न श्रीवास्तव पनि रहेको बताइन्छ ।

टिप्पणीहरू