पहिरोमा बगेका २ जनाको लाश भेटियो

पहिरोमा बगेका २ जनाको लाश भेटियो

पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएका तीनमध्ये दुई जनाको शव भेटिएको छ । हिजोराति पहिरोले घर बगाउँदा बेपत्ता भएका उनीहरु आज मृत भेटिएका हुन् ।

उनीहरूको पहिचान हुन बाँकी रहेको पाँचथरका डीएसपी राकेश थापाले बताए । पहिरोमा हराइरहेका अर्का एकको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

स्थानीय दलप्रसाद मगरको घर गएराती १० बजेतिर गएको पहिरोले बगाएको थियो । पहिरोले घर बगाउँदा ४२ वर्षिय रूपलाल मगर, ३८ वर्षिय गोमा मगर र १९ वर्षिय भतिजी एलिसा मगर बेपत्ता भएका थिए ।

टिप्पणीहरू