नेपालको ओन्टारियोसँग दोस्रो अभ्यास खेल

नेपालको ओन्टारियोसँग दोस्रो अभ्यास खेल

क्यानाडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्न लागेको छ । खेल नेपाली समयअनुसार साँझ ७ बजेबाट सुरु हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपालले पहिलो अभ्यास खेलमा ओन्टारियोलाई ६९ रनले हराएको थियो ।

पूर्वतालिकाअनुसार नेपालले ओन्टारियोसँग एक खेल मात्र खेल्ने बताइएको थियो । तर क्यानले आपसी समझदारीका आधारमा दुई खेल हुन लागेको जानकारी दिएको छ ।

स्थानीय क्लबसँगको अभ्यास खेलपछि नेपालले क्यानाडासँग भोलि र पर्सी दुई देश बीचको एक दिवसीय शृंखला खेल्ने तालिका छ । क्यानाडासँगको दुई खेल खेलेपछि नेपाली टिम स्कटल्याण्डमा हुने आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ । त्यहाँ घरेलु टोली स्कटल्याण्ड, नेपाल र नामिबिया भिड्नेछन् ।

टिप्पणीहरू