बाउ नै बलात्कारी र व्यभिचारी

बाउ नै बलात्कारी र व्यभिचारी

यही असारसम्म बिहेको चाँजोपाँजो मिलाएका राइनास–६ धमिलीकुवाकी चिलुवाल परिवारले छोरो बलात्कारको आरोपमा जेल जाला भनेर सोचेका थिएनन् । तर, भइदियो नसोचेकै कुरा ।

वैदेशिक रोजगारबाट दुई महिनापहिले मात्रै फर्किएका कृष्ण चिलवालले शौलापुत्री माविको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन आएकी एक सोही नगरपालिका –३ की एक छात्रासँग चिनजान गरे ।

उनको पसलमा रिचार्ज कार्ड किन्न गएकी ती छात्राको मोबाइल नम्बर टिप्न भ्याएका कृष्णले चैत ३० गते पोखरा मामाकोमा जान हिँडेको चाल पाएपछि पु¥याइदिने आश्वासन दिए ।

पोखरा पु¥याइदिने भनेका उनले सुन्दरबजार ७ पाउँदी बजारस्थित अण्डरग्राउन्ड रेस्टुरेन्ट लगे । दिउँसै रेस्टुरेन्ट पु¥याएका उनले ती १६ वर्षे छात्रालाई जसरी पनि अल्मल्याउनु थियो, नभन्दै बेजोडको हावाहुरी र मुसलधारे पानीले कृष्णलाई भनेजस्तै भयो ।

त्यहीं बास बस्न बाध्य भएकी यी छात्रालाई कृष्णले रातभर लुछे । हातमा हजारको नोट राखिदिएर घरतिर लागे । सकी नसकी पोखराको गाडी चढेर छात्रा पोखरा लागिन् । अघिल्लै दिन पोखरा आउँछु भनेकी भाञ्जीलाई बसपार्कमा लिन गएका मामाले हालत खराब देखेपछि जीएमसी अस्पतालमा पु¥याए ।

गुप्तांग वरिपरि रगतका टाटा देखेपछि डाक्टरले आशंका गर्नु स्वाभाविक थियो । वास्तविकता पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरियो । किटानी जाहेरी परेपछि पक्राउ परेका चिलवालले प्रहरी अधिकृतसमक्ष साबिती बयान दिए । अहिले पुर्पक्षको लागि जिल्ला कारागारमा छन् । एउटा मुद्दाको छिनोफानो नहुँदै तिनै किशोरी आफ्नै बाबुबाट बलात्कृत बनिन् ।

आफूले जन्म दिएको छोरीलाई बाउले बलात्कार गर्लान् भनेर सोच्न पनि नसक्ने घटना लमजुङमै भयो । गत स्थानीय चुनावको बेला श्रीमतीको घरमा बास नहुने । कांग्रेसको तर्फबाट वडा सदस्यमा उठेकी । विदेशबाट केही महिनापहिले मात्रै फर्केका पीडित ती छात्रालाई बाउले मादक पदार्थ सेवन गरी तैंले अरुसँग सुत्न हुने, बाउसँग नहुने भन्दै धम्क्याएर दुईपटक करणी गरे । कुरा कतै गयो आफ्नो बाउ । फेरि मार्ने धम्की छ । नभनौं पटक पटक लुटिनुपर्ने बाध्यता छ ।

छात्राले जिल्ला प्रहरी कार्यालय लमजुङमा किटानी जाहेरी दिएलगत्तै ४३ वर्षीय बाउ जेठ २३ गते पक्राउ परे । प्रहरीले उसलाई मात्र पक्राउ गरेन, विर्य पुछेको कपडासमेत बरामद ग¥यो ।

तिनै पीडकले अदालतमा भने बयान फेरे । छोरीलाई सोच्नै नसक्ने अपराध कसरी गर्न सक्छु ? मलाई फसाउन छोरीलाई उचालेर अर्कैले प्रयोग गरेको बयान गरे पनि जिल्ला न्यायाधीश शिवप्रसाद खनालले निजलाई थुनामा पठाउने गत शुक्रबार आदेश गरेका छन् । कैदी बन्दीले खचाखच कारागारमा बालिका बलात्कार गर्ने दुई आरोपी सँगै भएका छन् ।

– अञ्जनकुमार

टिप्पणीहरू