पर्वतका हुन्डी साहुविरुद्ध साढे ८ करोड बिगो माग
हुन्डी कारोबारको आरोपमा एक जनालाई राजस्व अनुसन्धान विभागले करिब साढे ८ करोड रुपैयाँ बिगो माग गरेको छ । उनीविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्दै विभागले उक्त रकमबराबरको बिगो भराउन मागदाबी गरेको हो ।
पर्वतको कुस्मा घर भई हाल काठमाडौं महानगरपालिका–२२ सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध आठ करोड २३ लाख २६ हजार आठ सय छ रुपैयाँ बिगो माग गरिएको हो । विभागले विदेशमा आर्जन गरेको पैसा नेपाल नभित्र्याई आर्थिक लाभ लिने प्रयोजनको निम्ति व्यवसायको रुपमा पौडेलले विदेशी विनिमय अपचलन गरेको आरोप लगाएको छ ।
टिप्पणीहरू