तिलगंगाको होटलमा काठमाडौंमा डेरामा बस्नेको प्राणान्त
पशुपति नजिकै तिलगंगाको एउटा गेष्ट हाउसमा एक जना पुरुष झुण्डिएका छन् । आज साँझ खड्का गेष्ट हाउसमा कामनपा ९, विजय चोकमा डेरा बस्दै आएका अनिश दाहाल झुण्डिएका हुन् ।
तिलगंगास्थित शान्ति सेवागृह नजिकै विक्रम खड्काले सञ्चालन गरेको खड्का गेष्ट हाउस तथा भोजनालयमा अस्तिदेखि बस्दै आएका दाहाल आज बेलुकी कोठाभित्र डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
सुनसरी घर भएका ३६ वर्षे उनी नजिकैको विजयचोकमा भाडामा बस्थे । लामो समयसम्म कोठाबाट ननिस्केपछि गेष्ट हाउस सञ्चालकले झ्यालको प्वालबाट हेर्दा उनी झुण्डिएको देखेका हुन् । त्यसपछि स्थानीय जनप्रतिनिधि,परिवारका सदस्यको उपस्थितिमा गौशाला प्रहरी वृत्तको टोलीले मुचुल्का उठाएर शवलाई अहिले पोष्टमार्टमको निम्ति शिक्षण अस्पताल,महाराजगञ्ज लगिएको छ ।
मृतकको दुबै हातका नाडीमा चिरिएको घाउ देखिन्छ ।
टिप्पणीहरू