प्रचण्ड अखिलमा विद्रोह, राष्ट्रिय सम्मेलनको तयारी

प्रचण्ड अखिलमा विद्रोह, राष्ट्रिय सम्मेलनको तयारी

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक प्रज्ञा भवनमा चलिरहेको बखत भ्रातृ संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले १ सय ९७ जनाको समानान्तर कमिटीलाई पूर्णता दिएको ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरीत पदाधिकारी चयन र केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै राष्ट्रिय सम्मेलन भएदेखि नै असन्तुष्टि जनाउँदै आएको थियो ।

यता पार्टीको केन्द्रीय समिति बैठक चलिरहेको बेलामा सो समूहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर कमिटीलाई पूर्णता दिएको हो । समूहले प्रदेश १ मा भरत घिमिरे, मधेशमा शिवराज धमला, बागमतीमा सुरजसिंह ठकुरी, गण्डकीमा विकास भट्टराई, लुम्बिनीमा विनोद बराल, कर्णालीमा पदम नेपाली, सुदूरपश्चिम प्रदेशमा सिके भट्ट र विशेष प्रदेशमा सञ्जीव कार्कीलाई इन्चार्ज–संयोजक तोकेको छ ।

केन्द्रीय आयोजक समितिको नाम दिएर आफूले समानान्तर गतिविधि गर्दै आएको पवन समूहले जनाएको छ । समूहको अब बस्ने केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनको मिति तोक्ने जनाएको छ ।

 

 

टिप्पणीहरू