सुकुटेको रिसोर्टमा २६ वर्षे युवती बलात्कृत, १८ वर्षे किशोरहरु पक्राउ
सिन्धुपाल्चोकको सुकुटे घुम्न गएकी एक युवती बलात्कृत भएकी छन् । बलात्कार आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–९ मा रहेको सुकुटे बीच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा सुतिरहेकी २६ वर्षीया युवती गत शनिबार बिहान ३ बजेको समयमा बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यलय, सिन्धुपाल्ञ्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार युवतीको जिल्ला अस्पताल सिन्धुपाल्ञ्चोकमा स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य भएकले घर फर्किएकी छन् ।
बलात्कार आरोपमा काठमाडौं कलंकी बस्ने १८ वर्षीय थपलिया र कार्की थरका किशोर तथा २६ वर्षीय सुलभ क्षेत्री पक्राउ परेको बस्नेतले बताए । रिसोर्टमा पाहुनाको रुपमा पुगेका क्षेत्रीले ती युवतीलाई बलात्कार गरेका थिए । कार्की र थपलियाले मतियारको रुपमा सघाएको प्रहरीले जनाएको छ ।
बलात्कारपछि फरार उनीहरूलाई अस्ति राति काठमाडौंको कलंकीबाट पक्राउ गरिएको हो । सिन्धुपाल्चोक जिल्ला अदालतबाट हिजो ७ दिनको म्याद थप गरेर उनीहरुविरुद्द अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू