माओवादीले बैठक स्थगित गर्यो

माओवादीले बैठक स्थगित गर्यो

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

स्थानीय चुनावको समीक्षा, आगामी निर्वाचनको तयारी, पदाधिकारी चयनलगायत विषयमा छलफल गर्न आयोजित बैठक स्थगित भएको एक नेताले जानकारी दिएका छन् । अस्तिदेखि शुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सकिएको छ ।

आज प्रचण्डले जवाफ दिने कार्यसूची थियो । तर, अब उक्त कार्यसूची भोलिसम्मको निम्ति सरेको बताइएको छ ।

बैठकमा यसअघि केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

टिप्पणीहरू