प्युठान र दैलेखमा चट्याङबाट २ को मृत्यु, १३ घाइते
पछिल्लो २४ घण्टामा चट्याङबाट दुई जनाको ज्यान गएको छ । प्युठानको ऐरावती– ६ बिजुलीकोट बस्ने दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङबाट १२ र ७ वर्षका बालको ज्यान गएको हो । चट्याङबाट अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा प्युठानकै ऐरावती–१ महारानी बस्ने बालिका र तीन जना महिला छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
पछिल्लो महिनामा प्युठान र दैलेखका विभिन्न स्थानमा चट्याङ लागेर १३ जना घाइते भएका छन् । आजै दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ को एउटा घरमा परेको चट्याङबाट दुई जना र महाबु गाउँपालिका–१ खैरीगैरामा परेको चट्याङबाट दुई जना घाइते भएका छन् ।
टिप्पणीहरू