रामेछाप बस दुर्घटनामा मारिएका अधिकांशको सनाखत
रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये १२ जनाको सनाखत भएको छ ।
नौ जनाको घटनास्थलम र बाँकी चार जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृत्यु हुनेहरूमा सुनापति गाउँपालिकाका धेरै छन् ।
सुनपाती गाउँपालिका–५ का ४० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्गबहादुर बिक, ३६व वर्षकी सज्नु आले मगर हुन् । त्यसैगरी वडा नम्बर ४ बेथानकी समृता तामाङ र २२ वर्षीया विपना तामाङको पनि निधन भएको छ ।
मृतकहरुमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ का २५ वर्षीय कमल तामाङ, १८ वर्षका सुदिप बजगाईँ, ४० वर्षे तुलबहादुर बिक छन् । काभ्रेकै मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर हुन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
उपचारको क्रममा अस्पतालमा निधन हुनेहरूमा सुनापति गाउँपालिका–५ का ४५ वर्षीय रामबहादुर श्रेष्ठ, २४ वर्षीय वृद्ध तामाङ र ६० वर्षीया नेमा तामाङ हुन् । अस्पतालमा मृत्यु भएकामध्ये एक जनाको सनाखत हुन बाँकी छ ।
टिप्पणीहरू