किन चाहियो मर्यादाक्रम ?
यो गठबन्धन सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई आदरपूर्वक सम्झेर हालै गृह मन्त्रालयले तयार पारेको मर्यादाक्रमको छैटौं स्थानमा राख्न खोजेको रहेछ । यो निर्णयले वर्तमान सरकार राजतन्त्रप्रति बफादार हुँदै गएको र नेपाली समाजमा हराइसकेको राजतन्त्रलाई फेरि ब्यूँताउन खोजिरहेको छ भन्ने कुरामा शंका गर्नुपर्ने अवस्था सिर्जना गराएको छ ।
मर्यादाक्रममा राखेपछि अब उनीप्रति अरु सम्मान पनि त्यस्तै गर्नुपर्ने अवस्था जोडिएर आउँछ । पूर्वराजाको हैसियतले मर्यादाक्रममा राखेपछि पूर्वराजालाई ‘तपाईं’ होइन ‘मौसुफ’ भन्नुपर्ने हुन्छ र ‘भन्नुभयो वा गर्नुभयो’ भनी प्रयोग गरिने शब्दको सट्टा ‘भनिबक्स्यो’ वा ‘गरिबक्स्यो’ भन्न अनिवार्य हुनेछ किनकि उनलाई मर्यादापूर्ण ठाउँ दिएपछि उनीसम्बन्धी बोलीमा पनि मर्यादा राख्नै पर्ने हुन्छ ।
यति मात्र होइन कि ज्ञानेन्द्रलाई मर्यादाक्रममा राखेपछि उनकी श्रीमती वा रानीलाई पनि स्वतः मर्यादा दिनै पर्छ । छोरा पूर्वयुवराज पारस र राजपरिवारका अरुलाई पनि तदनुरूप मर्यादा र सम्मान दिनुपर्ने हुन्छ । यस अतिरिक्त पृथ्वीनारायण शाहदेखिका पूर्वराजाहरू महेन्द्र र वीरेन्द्रले पनि पूर्वराजाको कारणले ठाउँ पाउनेछन् ।
मर्यादाक्रमको यो प्रस्तावले केही आशंका अवश्य पनि उब्जाएका छन् । के यो सरकार पूर्व राजा वा राजतन्त्रलाई ठाउँ दिँदै जाने बाटोतिर लागेको हो ? होइन भने, अहिले आएर बेमौसमी बाजा किन बजाउनुप¥यो ? गणतन्त्र ल्याउन रगत, पसिना बगाउने र प्राणको बलिदान गर्ने देशभक्तहरूलाई के यो मर्यादाक्रमको प्रस्ताव एक दुख्ने चड्कन होइन ?
– धनञ्जय बराल, कमलामाई नपा, सिन्धुली
टिप्पणीहरू