कीर्तिपुरमा अर्थमन्त्रीको पुत्ला जलाउने तयारी
अर्थमन्त्री जनार्दन शर्माको पुत्ला जलाउने तयारी गरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हातामा अहिले साढे ७ बजे पुत्ला जलाउने कार्यक्रम राखिएको हो ।
आगामी आर्थिक वर्षको बजेट तयारीको क्रममा असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको र त्यो दिनको सीसीटिभी फुटेज मेटाइएकोमा मन्त्री शर्मालाई दलाल अर्थमन्त्री भन्दै पुत्ला जलाउन लागिएको हो ।
विश्वविद्यालयको घडी भवन अघिल्तिर विद्यार्थीहरु हातमा बाल्न ठिक्क पारेको मसाल लिएर उभिएको बताइन्छ । कार्यक्रम अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटी अध्यक्ष शम्भुप्रसाद भट्टको नेतृत्वमा आयोजना गरिएको हो ।
पुत्ला जलाउन लागिएको स्थानमा विद्यार्थीसँगै सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।
टिप्पणीहरू