मकाउमा फेरि बढ्यो कोरोना महामारी

मकाउमा फेरि बढ्यो कोरोना महामारी

चीनको मकाउमा पनि कोरोना संक्रमितको संख्या बढेको छ । जुन १८ तारिखसम्म शून्यप्रायः संक्रमित रहेको मकाउमा अहिले दिनहुँ ३३ जनाको दरले संक्रमितको संख्या देखिन थालेको छ ।

आज मात्रै त्यहाँ नयाँ संक्रमित १८ जना थपिएका छन् । हिजो ६१ जना संक्रमित फेला परेका थिए । अहिले मकाउमा चार सय जना बढी संक्रमित पुगेका छन् । यसबीच दुई जनाको निधन भएको छ ।

कोरोना महामारीले पुनः उग्ररुप लिन थालेपछि त्यहाँ आवागमनमा कडाइ गरिएको छ । अधिकांश होटलका ढोका बन्द गरिएको छ । ढोका बाहिर पिपिइ लगाएका पहरेदार बसेका छन् । सडक सुनसान हुन थालेको छ । बजारमा मानिसको चहलपहल घटेको छ । त्यहाँ काम गर्ने नेपालीको संख्या ठूलो छ,कोरोनाकै कारण थुप्रैले रोजगारी गुमाएर स्वदेश फर्किसकेका छन् ।

यता भारतमा पनि कोरोना संक्रमण पुनः उकालो लागेको छ । त्यसको असर नेपालमा पनि देखिन थालेको छ । केही साता अघिसम्म एक अंकमा रहेको संक्रमितको संख्या हिजोबाट तीन अंकको नजिक पुगेको छ ।

टिप्पणीहरू