कमलादी जानुअघि माओवादी नेताहरु खुमलटारमा
पदाधिकारी चयनको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा जुटेका छन् ।
आज दिउँसो १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो गठनबारे प्रस्ताव लैजानुअघि पूर्वस्थायी समितिका नेताहरूबीच छलफल भएको हो । हिजो पनि माओवादी केन्द्रीय कार्यालयको बिस्तारित बैठक बसेको थियो । बैठकले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोमा रहनेहरुको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । त्यसैका लागि प्रचण्डले नेताहरूसँग परामर्श गर्नुभएको हो ।
आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने सम्भावना रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभएको छ । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने उहाँले बताउनु भयो ।
माओवादीको केन्द्रीय कमिटी बैठक आइतबारदेखि कमलादीस्थित प्रज्ञा भवनमा जारी छ ।
टिप्पणीहरू